गंगाधर पराजुलीको नयाँ गीत सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
4.2k views

ललितपुर - ललितपुर । नेपाली संगीत क्षेत्रमा सक्रिय स्रष्टा गंगाधर पराजुलीको नयाँ गीत ूहास्दा संगै सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत स्वयम् गंगाधर पराजुलीकै रहेको छ ।

गीतको संगीत संयोजन मनोहर सुनामले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ भोला पौडेलले गरेका हुन् । गीतको रेकर्डिङ साउन्ड डिजाइन स्टुडियोमा गरिएको हो। भिडियोतर्फ, गीतको कन्सेप्ट क्रिएटर पनि पराजुली हुन् । कोरियोग्राफी केशव राज भट्टको रहेको छ भने कलाकारका रूपमा बद्री प्रसाद तिवारी र सुरक्षा इटानी देखिएका छन्।

भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् र सम्पादन विकास दाहालले गरेका हुन् ।

 पात्रो/राशिफल  रेडियो YouTube