२०८२ चैत्र २१ | Apr 04, 2026

गरिमा सुवर्ण योजना फागुन २८ देखि निष्काशन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
1.4k views

ललितपुर – गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ ।

क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउने जनाएको छ । निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ करोड ५० लाख इकाई (३५ करोड रुपैयाँ बराबर) प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि बिक्री गरिनेछ

यो खुलामुखी योजना भएकाले बाँकी इकाई सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरणमार्फत पछि पनि निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ ।

यस योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनामा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिने जनाइएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।

उक्त योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया