२०८२ फाल्गुन ६ | Feb 18, 2026

बजारको हल्ला तोड्न आयल निगमको ‘सिधा ग्यास काउन्टर’, तत्काल बिक्री सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २८
|
1.5k views

ललितपुर –  खाना पकाउने एलपी ग्यासको बजारमा कृत्रिम अभाव देखिन थालेपछि नेपाल आयल निगम आफैँ उपभोक्तासम्म प्रत्यक्ष बिक्रीमा उत्रिएको छ । डिलर र पसलमा लामो लाइन बस्दा पनि सिलिन्डर नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास वितरण सुरु गरेको हो ।

निगमले सुरुमा नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका सिलिन्डर बिक्रीमा राखेको छ भने आवश्यकताअनुसार अन्य ब्रान्ड पनि थप गर्ने तयारी गरिएको छ । अत्यावश्यक परेका उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन कार्यालय परिसरमै काउन्टर स्थापना गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार पहिलो दिन नेपाल ग्यासका १६० र एभरेस्ट ग्यासका ७० सिलिन्डर बिक्री गरिएको छ भने सुगम ग्यास पनि आपूर्तिको क्रममा छ । दिनभरिमा करिब ३०० सिलिन्डरसम्म वितरण गर्ने लक्ष्य राखिएको छ ।

निगमले दैनिक माग र आपूर्तिको अवस्थालाई विश्लेषण गर्दै थप व्यवस्थापन गर्ने जनाएको छ । सामान्य अवस्थामा देशभर दैनिक करिब एक लाख सिलिन्डर खपत हुने भए पनि अभावको हल्लासँगै माग दुई लाखभन्दा बढी पुगेकाले दबाब बढेको निगमको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया