२०८२ फाल्गुन २ | Feb 14, 2026

नेपाल आयल निगमद्वारा उपभोक्तालाई आग्रह: खाना पकाउने ग्यास अनावश्यक रूपमा नखरिद गर्नुहोस्

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
510 views

ललितपुर – नेपाल आयल निगमले हाल खाना पकाउने ग्यासको आपूर्ति मागभन्दा बढी भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक स्टक नगर्न अनुरोध गरेको छ । निगमले बजारमा ग्यास अभावको हल्लामा नपर्ने चेतावनी दिएको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट का अनुसार, नेपालमा दैनिक ९० बुलेट (१ लाख १४ हजार) सिलिन्डर एलपीजी ग्यास आवश्यक पर्छ । तर, शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भइसकेको छ ।

भट्टले बताए अनुसार, मंगलबार मात्रै १ लाख ६३ हजार ३ सय सिलिन्डर ग्यास भारतबाट आयात गरिएको छ। यसमध्ये केही बुलेट बाटामा छन् र आजै नेपाल प्रवेश गर्नेछन् ।

उहाँले सामाजिक सञ्जालमार्फत उपभोक्तालाई अनावश्यक रूपमा ग्यासको स्टक नगर्न आग्रह गर्दै, चुनाव अवधिभर पनि नियमित रूपमा ग्यास आपूर्ति हुने जानकारी गराउनुभएको छ । केही दिनयता ग्यास अभावको अफवाहका कारण उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया