‘गाउँछ गीत’  रियालिटी सो आजदेखि प्रसारणमा

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २३
|
3.2k views

ललितपुर -

नेपाली कला, भाषा, संस्कृति र मौलिकताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको गायन रियालिटी सो ‘गाउँछ गीत’ आजदेखि प्रसारण हुने भएको छ।

      ‘प्रतिभाको खोजी, मौलिकताको सम्मान’ भन्ने मूल भावनाका साथ स्वरमार्फत आफ्नो पहिचान बनाउन चाहने प्रतिभाहरूलाई अवसर प्रदान गर्नुका साथै नेपाली सङ्गीतको मौलिकता र सांस्कृतिक पहिचानलाई सम्मान गर्ने लक्ष्य सहित सुरु गरिएको प्रतियोगिताको पहिलो भाग आज राति ९ बजेदेखि ग्लोबल टेलिभिजन एचडी  मार्फत प्रसारण हुने भएको हो । 

      अब देखी  ‘गाउँछ गीत’ प्रत्येक शुक्रवार र शनिवार राति ९ बजे प्रसारण हुनेछ। टेलिभिजनमा कार्यक्रम हेर्न नपाएका दर्शकले साइराम पिक्चर्स को  युट्युब च्यानल मार्फत कार्यक्रम हेर्न सक्नेछन्।

      निर्माता रोजी शर्मा प्रबन्ध निर्देशक हरि शर्मा रहेको कार्यक्रमको निर्देशक पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ रहेकी छन् । बिजनेसपाटी डटकम मिडिया पार्टनर रहेको यस सो का निर्णायकहरूमा सङ्गीता राना,प्रधान,थानेश्वर गौतम,सहिमा श्रेष्ठ  र अमृत खाती रहेका छन् ।   जिनोपे भोटिङ पार्टनर रहेको सो को पोस्ट प्रोडक्सनको जिम्मेवारी  सिलन लम्सालले लिएका छन् भने  कोष खड्का  सीता न्यौपाने होस्टका रूपमा रहेका छन् । 

       पात्रो/राशिफल  रेडियो YouTube