|
|
२०८२ फाल्गुन १०
561 views
ललितपुर - ललितपुर – गौरमा जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐनअनुसार नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नआएसम्म निषेधाज्ञा लागू भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार शनिबार गाउँमा दुई समुदायबीच विवाद भएपछि पहिले १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्म निषेधाज्ञा थियो, जसलाई ६ः३० देखि ८ः३० बजेसम्म खुकुलो बनाइएको थियो । अब भने पुनः कडा निषेधाज्ञा लागू गरिएको छ ।

बिजनेस पाटी