गीतकार सङ्घले यस वर्ष नीर शाह लाई नगद १ लाख ५१,००० सहित अमर भावना राष्ट्रिय स्रष्टा सम्मान बाट सम्मान गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १४
|
4.4k views

ललितपुर -

गीतकार सङ्घ नेपालले यस वर्ष गीतकार तथा बरिष्ठ अभिनेता नीर शाह लाई नगद १ लाख ५१,००० सहित अमर भावना राष्ट्रिय स्रष्टा सम्मान बाट सम्मान गर्ने भएको छ ।  सङ्घको हिजो बसेको बैठकले स्थापना दिवस ज्येष्ठ १४ को अवसर पारेर प्रदान गर्दै आइरहेको राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कारहरूको छनौट र निर्णय गरेको हो ।   उक्त सम्मान आउँदो भदौ महिनामा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी अर्पण गरिने छ । 

    सङ्घले डायस्पोरा गीतकार सम्मान  बेलायतमा बसी नेपाली गीत लेखनमा योगदान गरिरहेकी  निलम आङबुहाङ राई लाई नगद १५,००० सहित सम्मान गर्ने निर्णय  गरेको छ । यसै गरी विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान  लोहोरुङ राई भाषा गीतकार नाईन्द्र लोहोरुङ नगद २५,२५२ सहित  ओढाएर सम्मान सम्मान गर्ने निर्णय  गरेको छ  भने हिमालय टाइम्स दैनिकका उप सम्पादक कृष्ण भुसाललाई नगद ५,५५५ सहित पत्रकारिता सम्मान गरिने सङ्घले जनाएको छ । 

      यसै गरी भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट १० गीत छनौट गरिएको छ ।   उत्कृष्ट १० गीतहरू मध्येबाट समितिले छनौट गरेको सर्वोत्कृष्ट गीतलाई नगद ५७,००० बाट पुरस्कृत गरिने छ । यसका लागि  डम्बर यक्सो , प्रबल विष्ट , लेखराज गिरी , राम भट्टराई , गौरव गुरुङ , हरिराम पौडेल, आशिष् शैली, अमर दीप सुनुवार ,  डा विष्णु मूर्ति भट्टराई र  डा रुद्रनाथ अधिकारीका गीत परेका छन् । 

      यसै गरी जगत मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कारका लागि  छनौट भएका उत्कृष्ट ३ गीत पुस्तकहरूमा  कल्पना खरेलको नन्दनी   ध्रुव खनालको मनको आँखा र डा। ज्ञानेन्द्र गदालको भोलिको आस उज्यालो प्रकाश छनौट भएका छन् । सर्वोत्कृष्टलाई नगद ५७,००० बाट पुरस्कृत गरिने छ 

       सङ्घले हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान अन्तर्गत  पुरुष गीतकार तर्फ  अरुण तिवारी र महिला गीतकार तर्फ  सुशीला पौडेललाई जनही १५,००० हजारका दरले  सम्मान गरिने महासचिव टिका राई शिवले जानकारी दिएका छन् । 

       पात्रो/राशिफल  रेडियो YouTube