|
|
२०८२ फाल्गुन ४
459 views
ललितपुर – जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगयाका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरीका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वासकी २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटीपोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका छन् ।
विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका उनीहरूलाई पुनः सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया