ललितपुर – सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८७१ प्राप्त गर्नुभएको छ ।
यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले छ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले पाँच हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गर्नुभएको छ । यहाँ ७९ हजार २०७ मत खसेको थियो ।
बारा-१ मा रास्वपाका धिताल विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिताल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाका क्रममा पाँच हजार २९६ मत बदर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया