२०८२ फाल्गुन ६ | Feb 18, 2026

माघमा मालपोतबाट रु ५ अर्ब ९ लाख राजस्व सङ्कलन, कारोबारमा सीमित सुधार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ४
|
459 views

ललितपुर – माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । अघिल्लो महिना पुसमा भने रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व उठेको थियो । यस आधारमा माघमा राजस्व संकलनमा सामान्य गिरावट देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबार उल्लेख्य रूपमा बढ्न सकेको छैन । विभागले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएका छन् । गत वर्षको सोही अवधिको तुलनामा भने लिखत पारितको सङ्ख्यामा केही वृद्धि भएको जनाएको छ ।

राजस्व शीर्षकअनुसार माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिष्ट्रेशन दस्तुरबापत रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ तथा पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ।

घरजग्गा बजारमा अपेक्षित सुधार नदेखिए पनि राजस्व सङ्कलन भने स्थिर अवस्थामै रहेको विभागको तथ्याङ्कले देखाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया