|
|
२०८२ माघ ७
969 views
ललितपुर – पत्रकार विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ मङ्गलबार सार्वजनिक भएको छ । सुर्खेतको चौकुने गाउँपालिका – ९ मा जन्मिएका विवेकले आफ्नो स्कुलदेखि उच्च शिक्षा र अमेरिकासम्मको यात्रा, सङ्घर्ष र अनुभव पुस्तकमा समेटेका छन् ।
चियासागर, काठमाडौँमा आयोजित विमोचन कार्यक्रममा उनले आफ्ना साथी तथा पूर्वसहकर्मीहरूसँग पुस्तक सार्वजनिक गरे। पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित यो पुस्तकमा पत्रकारिता, पर्यटन अभियानमा अनुभव भएका चुनौतीहरू र स्मृतिहरू समेटिएका छन् ।
पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गरिने विवेकले जानकारी दिएका छन्। “सुर्खेतदेखि अमेरिकासम्मको यर्थाथ, सपना र सङ्घर्ष इमान्दारीपूर्वक लेखेको छु,” उनले भन्नुभयो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया