२०८२ चैत्र २२ | Apr 05, 2026

काठमाडौंमा ऐतिहासिक घोडे जात्राको भव्य कार्यक्रम : फोटो फिचर

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ४
|
663 views

चैत कृष्ण औँसीको अवसरमा काठमाडौं उपत्यकामा घोडे जात्राको भव्य कार्यक्रम आयोजना भएको छ । यो जात्रा उपत्यकामा प्रचलित प्राचीन परम्परा अनुसार मनाइन्छ, जसको पृष्ठभूमि मानव बस्तीमा राक्षसले बालबालिका हानी पुर्याउने कथन र त्यसलाई घोडाको टापले मारिएको किंवदन्तीमा आधारित छ ।

यसपटक काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडे जात्रा समारोह आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशल प्रदर्शन गरेका थिए। सैनिकहरूले ब्यान्ड धुन प्रस्तुत गर्दा घोडाहरूले पर्खाल उफ्रेर शो जम्प समेत गरेका थिए । साहसिक प्रस्तुतिमा क्रस टेण्ड पेगिङमार्फत शत्रुका टेण्ड भत्काउने शैली देखाइएको थियो। त्यस्तै, घोडा दौड र तालिम प्राप्त कुकुरहरूको प्रदर्शन पनि समावेश थियो ।

घोडाजात्रामा प्रस्तुत प्रतिस्पर्धामा विजयी सेनालाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।

पहिले युद्ध र यातायातको लागि घोडाको विशेष महत्व थियो, किनभने घोडा दगुर्न सक्ने शक्तिशाली जनावर हो। यद्यपि, आधुनिक सवारी साधनको प्रयोग बढेसँगै यसको प्रयोग घट्दै गएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया