‘मुटुलाई धड्कनबाट हटाउने कुरै नगर’ बोलको नयाँ गीत सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १०
|
612 views

ललितपुर - नेपाली संगीत क्षेत्रमा नयाँ प्रेमभावले भरिएको गीत ‘कुरै नगर’ सार्वजनिक भएको छ । गायक पर्शु मिश्र र गायिका प्रेणा सिंहको सुमधुर स्वर रहेको यस गीतले प्रेमका भावनात्मक अनुभूतिलाई संगीतमार्फत प्रस्तुत गरेको छ ।

गीतका शब्द प्रकाश धितालले लेखेका हुन् भने संगीत तथा एरेन्जमेन्ट ज्ञानेन्द्र गिरीले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ नरेश BBC ले गरेका हुन् भने रेकर्डिङ A Plus Studioमा सम्पन्न गरिएको हो ।

    गीतको भिडियो पनि आकर्षक बनेको छ । The Wave Digitalको प्रस्तुति रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् भने कोरियोग्राफी रोशन विश्वकर्माको रहेको छ ।

      भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल र प्रिया कार्कीको मनमोहक अभिनय देख्न सकिन्छ । छायांकन सुबिन गोदार, सम्पादन विकास दाहाल, मेकअप सबिना गुरुङ तथा प्रोडक्सन व्यवस्थापन सूर्य ओलीले गरेका छन् ।

      मायाप्रेमका भावना, मन छुने शब्द र मधुर संगीतको संयोजन रहेको कुरै नगर’ले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ । गीत तथा भिडियो The Wave Digitalको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

      गीतमा समेटिएका ‘मुटुलाई धड्कनबाट हटाउने कुरै नगर, मेरो माया मनबाट घटाउने कुरै नगर…’ जस्ता भावपूर्ण शब्दले प्रेमको गहिराइलाई सशक्त रूपमा अभिव्यक्त गरेका छन्। सार्वजनिक भएसँगै गीतले संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube