गो ब्याक अमेरिका

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र ४
|
5.4k views

ललितपुर -
– ऋतु आसीक
बुद्धको तपोभूमि
राजा वीरेन्द्रद्वारा शान्तिक्षेत्र घोषित पावन भूमि
अमेरिकी यसबेला
आफूमा प्रजातन्त्रको मसिह टाँसेर
मेरो मुलुकलाई युद्धस्तरमा
युद्धभूमिमा परिणतको चाँजोपाँचोमा
यो शान्तिको पावन भूमिमा
अमेरिकी सैन्यका सेन्याधीशको
बाक्लो–बाक्लो उपस्थिति जनाएका छन् ।
हामीलाई थाहा छ
अमेरिका यसबेला
हाम्रो युरेनियम खानी भण्डारलाई
लुटान मच्चाइको तानाबुनामा व्यस्त छ ।
नेपालीको मौनतामाथि
तिम्रो यो दादागिरी विरुद्ध
संयुक्त राष्ट्रसंघका मुद्दा हाल्ने छौँ ।
हाम्रो स्वतन्त्रता विरुद्ध
मेरो देशको नैसर्गिक अधिकार विरुद्ध
तिम्रो सेना प्रमुखका आवत जावत
मेरो देश माथि तिम्रो सेवाको निष्ठुरिता
हामी बुद्धका भूमिको वासिन्दा हौँ
हामीलाई तिम्रो युद्ध र बर्बरता नखन्याउ ।
हामीलाई आफ्नो पसिना गन्हाउन देउ ।
मेरो राष्ट्र माथि युद्धको बादलहरू
किन मडारी रहन्छौ ?
तिम्रो मेरो देश माथि
घात माथि घात रोप्दैछौ ।
हाम्रो मुलुकको वैभवता
हाम्रो ऐश्वर्यताका महानता
युरेनियम मेरो देशको उच्चतम खनिज !

तिम्रो डकैती
तिम्रो जालझेल
हामीलाई साह्य हुँदैन ।
हज्जारौँ माइल पारिबाट
मेरो देशको ऐश्वर्यता माथि
हमलाको घान हालिरहेका छौँ ।
तिम्रो यो डकैती सह्य छैन ।
हामी बुद्धका अनुयायी
हामी युद्धका अनुयायी होइनौँ ।
मेरो देशको युरेनियम
हाम्रो प्रकृति प्रदत्त अधिकार हो
तिम्रो डकैती शैली नङ्ग्याउने छौ ।
मेरो देशको अथाहता
मेरो देशको वैभव हो ।
मेरो देशको आर्थिक सम्पन्नता
मेरो देशको वैभवता
हामी तिमीलाई किन सुम्पिने ?
राष्ट्रको अधिकार क्षेत्र
सात समुद्रपारिबाट तिम्रो छलाङ
तिम्रो डकैती शैलीका प्रारूपहरू
हामीले थाहा पाएका छौँ ।
मेरो देशको स्वतन्त्रता
अमेरिका ! तिम्रो घृणित आसय
मेरो देशले परिपूर्ति गर्न सक्तैन ।
मेरो देशको वैभवता
मेरो देशको समृद्ध
मेरो माटोको गर्वका पहिचान
हामी तिमीलाई किन लुटाउने ?
मेरो देशको आर्थिक सौन्दर्यता
तिमीलाई किन पस्किनुपर्ने ?
अमेरिकी ! तिम्रो यो घृणित ओहोर दोहोर
मेरो देशलाई मनपरेको छैन ।
मेरो देशको वैभवता
मेरो देशको माटोको अधिकार
तिम्रा झोलामा हाल्न सक्तैनौँ ।
मेरो देशको ऐश्वर्यताका अहम्हरू
मेरो देशवासीको मौलिक अधिकार हो ।
हामी हाम्रो मुलुकको ऐश्वर्यता
हाम्रो अधिकारको पाटो हो ।

युरेनियम
मेरो देशको उत्थानको पाटो हो ।
मेरो देशको गौरव हो ।
युरेनियम यो माटोका सुगन्ध हो ।
युरेनियम यो मुलुकको भविष्य हो ।
युरेनियम यो मुलुकको ऐश्वर्यता हो ।
हामी आफैँ हाम्रो भूमि सिँगार्छौँ ।
हाम्रो अग्राधिकार युरेनियम
हाम्रो ऐश्वर्यताको अहम् हो ।
हामी हाम्रो देश सिँगार्छौँ ।
हामी हाम्रो राष्ट्र लुट्न दिँदैनौँ ।
हामी भन्छौँ भनिरहन्छौँ ।
जबसम्म फर्कदैनस्
मेरो देश एकै स्वरमा झङ्कृत हुँदै भन्दै छ–
गो ब्याक अमेरिका ।
हो ! गो ब्याक अमेरिका !

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो