प्रतितोला ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १६
|
969 views

ललितपुर - नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ ।

महासंघले तोकेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम गरिएको छ ।

      सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।

      आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६७४ रुपैयाँ कायम भएको छ । न्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube