घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १७
|
10.6k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० कायम भएको छ ।

      हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ मा कारोबार भएको थियो ।

      अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube