|
|
२०८२ माघ २६
9.5k views
ललितपुर - ललितपुर – नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा आज सुन प्रतितोला ४ हजार १ सय र चाँदी २ सय ४० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन ३ लाख ५०० र चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

बिजनेस पाटी