तोलामा २ हजार ८०० रुपैयाँ घट्यो सुन मूल्य, चाँदी पनि सस्तियो

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २९
|
1.3k views

ललितपुर - नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो ।

      महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

      महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ ५० पैसा कायम भएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube