सुनचाँदीको मूल्यमा फेरि वृद्धि, सुन प्रतितोला रु ३ लाख ५ हजार नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
561 views

ललितपुर - ललितपुर – स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ३ लाख ५ हजार ५०० कायम भएको छ भने चाँदी प्रतितोला रु ५ हजार २४० मा कारोबार भइरहेको छ ।

सोमबार सुन रु ३ लाख ४ हजार ६०० र चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो । आज सुनमा वृद्धि भए पनि चाँदीको मूल्य भने सामान्य घटेको छ ।

अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च छ । आज एक औँस सुन ५ हजार २९ अमेरिकी डलर तथा चाँदी ८१ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube