|
|
२०८३ श्रावण १९
4k views

ललितपुर - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य आज २०० रुपैयाँले घटेको हो । आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ३१० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५५ रुपैयाँ कायम गरिएको छ ।

बिजनेस पाटी