|
|
२०८२ फाल्गुन ४
1.1k views
ललितपुर - ललितपुर – आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला रु तीन हजारले घटेको छ भने चाँदी रु १२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० निर्धारण गरिएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु चार हजार ८६० तोकिएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० मा कारोबार भएको थियो भने चाँदी रु चार हजार ९८५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजार तर्फ भने एक औँस सुन पाँच हजार २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, एक औँस चाँदीको मूल्य ७७ अमेरिकी डलर कायम रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिजनेस पाटी