बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २६
|
1.6k views

ललितपुर - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा छ हजार चार सय र चाँदीको एकसय १० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख सात हजार नौसुन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

    यसअघि सोमबार सुनको मूल्य प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँ रहेको थियो ।

      गत मंगलबार अर्थात भदौ १९ गते सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

      त्यसपछि लगातार वृद्धि हुँदै एक सातामा सुनको मूल्य तोलामा २४ हजार एक सय बढेको हो ।

      यता, सोमबार प्रतितोला चार हजार छ सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य मंगलबार बढेर चार हजार सात सय ८० रुपैयाँ पुगेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube