सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ४
|
3.6k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।

      हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।

      अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube