सुनको मूल्य घट्दा चाँदीको बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १०
|
969 views

ललितपुर - नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य यसदिन तोलामा एक सय रूपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।

      मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ ।

      मंगलबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो ।

      अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube