सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ७
|
1.1k views

ललितपुर - नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँ बढेको हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

      चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ८१५ रुपैयाँ पुगेको छ ।

      १० ग्राम चाँदीको मूल्य ४ हजार १२८ रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube