|
|
२०८३ आश्विन ११
2.4k views
ललितपुर - आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २८५.२९ अमेरिकी डलर र चाँदी ६४.३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिजनेस पाटी
