|
|
२०८२ फाल्गुन १०
1.4k views
ललितपुर – साताको पहिलो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि हो ।
शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य दुई दिनमा ५ हजार ६०० रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य पनि उकालो लागेको छ प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा असर परेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया