तोलामा दुई हजार आठ सयले बढ्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १४
|
408 views

ललितपुर - नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई हजार आठ सय र चाँदीको ३० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

      यसअघि मंगलबार सुनको भाउ दुई लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

      मंगलबार चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर चार हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube