घट्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १८
|
3.2k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।

      गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube