सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १९
|
918 views

ललितपुर - नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

      त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार २६० रुपैयाँ थियो ।

      चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

      त्यस्तै, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७९८ रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube