तोलामा आठ सयले बढ्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २५
|
663 views

ललितपुर - नेपाली बजारमा सातको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा आठ सय र चाँदीको ३५ रुपैयाँ बढेको हो ।

      मूल्य बढेसँँगै आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

      यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँ रहेको थियो ।

      यता, गत शुक्रबार प्रतितोला चार हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर चार हजार चार सय ४० रुपैयाँ कायम भएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube