घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २६
|
1.4k views

ललितपुर - नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

      यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।

      आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube