२०८२ फाल्गुन २ | Feb 14, 2026

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
4.6k views

ललितपुर – स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा तीव्र वृद्धि भएको छ । आज एक तोला छापावाल सुनको भाउ रु १० हजार ४०० ले बढेर रु २ लाख ९५ हजार १०० पुगेको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार ९२० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत मङ्गलबार सुन रु २ लाख ८४ हजार ७०० र चाँदी रु ५ हजार ८८० मा कारोबार भएको थियो। आइतबार सुन रु २ लाख ७८ हजार ८०० र चाँदी रु ५ हजार ६२५ मा, सोमबार सुन रु २ लाख ८२ हजार र चाँदी रु ५ हजार ८१० मा बिक्री–खरिद भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७४० अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अर्थशास्त्रीहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन र चाँदीको माग बढेपछि मूल्यमा यो वृद्धि आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया