|
|
२०८२ फाल्गुन १२
969 views
ललितपुर - ललितपुर – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु १,३०० ले बढेर रु ३,१४,८०० पुगेको छ । चाँदीको मूल्य भने तोलामा रु १० ले घट्दै रु ५,५८५ कायम भएको छ ।
सोमबार एक तोला छापावाल सुनको मूल्य रु ३,१३,५०० र चाँदीको मूल्य रु ५,५९५ थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ५,०७८ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।
सुनको मूल्यमा भएको वृद्धि र चाँदीमा देखिएको गिरावटले बजारमा लगानी र कारोबारमा असर पार्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

बिजनेस पाटी