|
|
२०८२ फाल्गुन १३
1.7k views
ललितपुर - ललितपुर – नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ, जुन मंगलबारकै मूल्य हो ।
चाँदीको मूल्य भने प्रतितोला रु १३० ले बढेर रु ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो ।
त्यसैगरी, सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सय मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिजनेस पाटी