सुनको मूल्य घट्यो, चाँदीमा वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
1.4k views

ललितपुर - ललितपुर – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९००एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र चाँदी रु पाँच हजार ७२५ थियो।

अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube