|
|
२०८२ फाल्गुन १८
714 views
ललितपुर - ललितपुर – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आइतबार प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइतबार प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज बढेर छ हजार २० रुपैयाँ प्रतितोला कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाएको छ ।

बिजनेस पाटी