सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
1.3k views

ललितपुर - ललितपुर – स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सोमबारको तुलनामा सुन प्रतितोला रु दुई हजार ५०० ले बढेको छ भने चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण गरिएको छ ।

सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० मा कारोबार भएको थियो भने चाँदी रु छ हजार २० कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य पाँच हजार २७८ अमेरिकी डलर रहेको छ भने चाँदी प्रतिऔँस ९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube