|
|
२०८२ फाल्गुन २६
663 views
ललितपुर - ललितपुर – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन प्रतितोला रु ३ हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १७ हजार कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५ हजार ७२० निर्धारण गरिएको छ ।
यसअघि सोमबार सुन प्रतितोला रु ३ लाख १३ हजार २०० र चाँदी प्रतितोला रु ५ हजार ४१० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ भने एक औँस सुन करिब ५ हजार १४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस करिब ८७ दशमलव ५ अमेरिकी डलर आसपास रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिजनेस पाटी