स्थानीय बजारमा सुनको मूल्य २ हजारले वृद्धि, चाँदी स्थिर

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
1.1k views

ललितपुर - ललितपुर – आज स्थानीय बजारमा सुनको मूल्य मङ्गलबारको तुलनामा रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको प्रतितोला मूल्य रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० रहेको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख १७ हजारमा कारोबार भएको थियो भने चाँदीको मूल्य भने रु पाँच हजार ७२० नै रहेको थियो । यसअघि सोमबार सुनको मूल्य रु तीन लाख १३ हजार २०० र चाँदी रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँसको हिसाबले ५,२१० अमेरिकी डलरमा पुगेको छ भने चाँदीको मूल्य ८९ अमेरिकी डलर कायम छ ।

 पात्रो/राशिफल  रेडियो YouTube