२५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
1.4k views

ललितपुर - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यसदिन सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८६ हजारमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube