ललितपुर - साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५४ हजार ३७० रुपैयाँ कायम गरिएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ रहेको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २०० रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार २६५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा मूल्य निर्धारण गर्दै आएको छ।

बिजनेस पाटी













