|
|
२०८३ बैशाख २३
969 views
ललितपुर - आज सुनचाँदीको भाउ उल्लेख्य रूपमा बढेको छ। सुन तोलामा ५ हजार ८०० रुपैयाँले बढ्दा चाँदी पनि १७५ रुपैयाँले महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा आज सुन प्रतिऔँस ४ हजार ६३० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिजनेस पाटी









