सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलाको २ लाख ९८ हजार नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
51 views

ललितपुर - स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

      यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो । मंगलबार सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ तथा चाँदी ४ हजार ८८० रुपैयाँ कायम भएको थियो ।

      अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ७०३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube