सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन तोलाको ३ लाख नजिक

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
357 views

ललितपुर - स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

      यसअघि बिहीबार छापावाल सुन २ लाख ९८ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य २ लाख ९६ हजार ८०० रुपैयाँ तथा चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको थियो ।

      अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ७१५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube