सुन प्रतितोला ४ हजार रुपैयाँले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १
|
357 views

ललितपुर - नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बिहीबार यही सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो यो मूल्य २ लाख ५९ हजार ३४५ रुपैयाँ रहेको थियो ।

      सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ थियो ।

      यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम भएको छ ।

      महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्ने गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube