बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ७
|
1.8k views

ललितपुर - नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो ।

      महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम गरिएको छ । बुधबार भने २ लाख ५० हजार ३४० रुपैयाँ रहेको थियो ।

      सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको छ।

      महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आउने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube