घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १३
|
1.1k views

ललितपुर - नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

      यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ।सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ ।

      मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube