साढे ५ हजार रुपैयाँले घट्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १४
|
2.7k views

ललितपुर - बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।

      यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

      त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube