घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १८
|
5.4k views

ललितपुर - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै चाँदीको मूल्य केही वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

      त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ५४५ रुपैयाँ कायम गरिएको छ । सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ ।

      आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ । हिजो जेठ १७ गते चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ तोकेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube